Logo

ओलीले तोके पार्टीको महाधिवेशन मिति, माधव नेपालको जिम्मेवारी खोसेर भट्टराईलाई



काठमाडौं, २८ फागुन । नेकपा (एमाले) को आज बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको १०औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरुको बैठकले यस्तो निर्णय गरेको एक केन्द्रीय सदस्यले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

त्यस्तै, आजको बैठकले नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलसहित २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । र, पार्टीको प्रवक्तामा प्रदीप कुमार ज्ञवालीलाई तोकेको छ । र, विदेश विभाग प्रमुखमा माधव कुमार नेपाललाई हटाएर डा. राजन भट्टराईलाई उक्त जिम्मेवारी दिईएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्