Logo

एमालेको बाग्मती प्रदेशको ईन्चार्जमा बादल मनोनित



काठमाडौं, २८ फागुन । नेकपा (एमाले) को आज बसेको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय सदस्यहरुको एकलौटी बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज मनोनति गरेको छ ।

बैठकमा सहभागी एक नेताकाअनुसार आजको बैठकले प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्