Logo

एमालेको सुदूरपश्चिम प्रदेशको ईन्चार्जबाट भीम रावल हटाईए, लेखराज भट्ट मनोनित



काठमाडौं, २८ फागुन । आज बसेको नेकपा (एमाले) को केपी ओली पक्षको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी नराख्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज अपरान्ह बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय लिएको हो । आज बसेको बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएकाहरुलाई पनि महत्वपूर्ण जिम्मेवारी दिएको छ ।

बैठकले २३ जना माओवादी नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गरेको छ। त्यस्तै, बाग्मती प्रदेशको ईन्चार्जमा रामबहादुर थापा बादललाई मनोनित गरेको छ। सुदूरपश्चि प्रदेशमा भीम रावललाई ईन्चार्जबाट हटाएर लेखराज भट्टलाई उक्त जिम्मेवारी दिईएको छ । प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा एमालेको ईन्चार्ज तोकिएका छन् ।

त्यस्तै, पार्टीको प्रवक्तामा प्रदीप कुमार ज्ञवाली तोकिएका छन् भने विदेश विभागको प्रमुखमा माधव कुमार नेपाललाई हटाएर प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई तोकिएका छन् । र, आजको बैठकले पार्टीको दशौं महाधिवेशन आगामी मंसिरमा २ गतेदेखि ६ गतेसम्म गर्ने पनि निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्