Logo

माधव नेपाल पक्षधरको स्थायी कमिटी बैठक सुरु



काठमाडौं, २८ फागुन् । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज अपरान्ह एक पक्षीय ढंगले निर्णय गरेर आफूसहित नेताहरुको जिम्मेवारी खोसेपछि नेता नेपालले आफू पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् । बैठक नयाँ बानेश्वरस्थित् अर्याल होटलमा सुरु भएको छ ।

यसअघि आजै बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले नेता नेपाललाई विदेश विभाग प्रमुखबाट हटाएको थियो । त्यस्तै, माओवादी केन्द्रबाट आएका २३ जना नेतालाइ केन्द्रीय कमिटीमा मनोनित गरेका थिए । र, विभिन्न प्रदेशका ईन्चार्जबाट माधव नेपाल पक्षधर नेताहरुलाई जिम्मेवारीबाट हटाएका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्