Logo

यस्तो थियो एमालेको निर्वाचित संरचना



काठमाडौं, २८ फागुन । नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका थिए । महासचिवमा इश्वर पोखरेल निर्वाचित भएका थिए ।

अध्यक्षमा पराजित भएका माधवकुमार नेपाल तेस्रो वरियताका वरिष्ठ नेता थिए । दोस्रो वरियतामा यसअघिका अध्यक्ष झलनाथ खनाल थिए ।

एमालेमा १४ पदाधिकारीमध्ये ५ जना पदाधिकारीमात्र ओली पक्षमा थिए । ७ जना माधव नेपाल पक्षधर थिए । उपाध्यक्ष निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले उक्त पद खाली थियो । निर्वाचित उपाध्यक्ष बामदेव गौतम तटस्थ भुमिकामा थिए ।

नेकपा एमालेको स्थायी कमिटिमा १४ जना माधव नेपाल पक्षमा थिए भने ९ जना ओली पक्षका थिए । पदाधिकारी र स्थायी कमिटीमा अल्पमतमा रहेकाले ओलीले यसलाई बिघटन गरेको बुझिएको छ ।

केन्द्रीय कमिटीमा ओली र नेपाल दुवै समान जस्तै अवस्थामा थिए । केन्द्रीय कमिटीमा वामदेव निर्णायक शक्ति थिए । केन्द्रीय कमिटीका २०१ मध्ये ओली पक्षमा एक सयभन्दा केही कम संख्या रहेको छ । माधव नेपालको पक्षमा ९० जना जति केन्द्रीय सदस्य थिए । बाँकी तटस्थ भुमिकामा थिए ।

 



प्रतिक्रिया दिनुहोस्