Logo

ओलीले माधव नेपाल पक्षधरलाई कारबाही गरेपछि योगेशको प्रतिक्रिया : अतिवादको अन्त्य हुन्छ



काठमाडौं, २८ फागुन । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज एकलौटी ढंगले केन्द्रीय कमिटीको बैठकबाट अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेजी गरेका छन् । साथै, माधव कुमार नेपाल पक्षधर धेरै नेताहरुको जिम्मेवारी खोसेर आफू पक्षधर नेताहरुलाई उक्त जिम्मेवारी दिएका छन् ।

उनले वरिष्ठ नेता माधव नेपाललाई विदेश विभागबाट हटाएर उनको ठाउँमा आफ्ना विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईलाई उक्त जिम्मेवारी दिएका छन् । साथै, आजको बैठकले पार्टीको १०औं महाधिवेशनको मिति समेत घोषणा गरेको छ । आगामी मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने भनिएको छ ।

उता, ओली पक्षको यस्तो निर्णय सार्वजनिक भएलगत्तै माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको आकस्मिक बैठक बसेको छ । उक्त बैठकले ओलीको पछिल्लो कदम स्वेच्छाचारी भएको भन्दै कुनैपनि हालतमा नमान्ने निश्कर्ष निकालेको छ। बरु, अब पार्टीमा समानान्तर कमिटी बनाईनेबारे नेताहरुले जनाएका छन्।

नेपाल पक्षधर नेता योगेश भट्टराईले भने अतिवादको अन्त्य हुने दाबी गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमा उनले यस्तो लेखेका छन्-“बिचलित नहोऔ, धैर्यता र संयमता नगुमाऔ, सहि र सशक्त ढंगले प्रतिवाद गरौ एकताको बिकल्प छैन अतिबादको अन्त्य हुनेछ ।” File Photo



प्रतिक्रिया दिनुहोस्