आज राजधानीमा वृहत राष्ट्रिय महिला भेला हुँदै


काठमाडौं, फागुन २९ । आठ मार्चको अवसर पारेर दशहजार महिलाको सहभागितामा आज राजधानीमा वृहत राष्ट्रिय महिला भेला हुने भएको छ ।अखिल नेपाल महिला सङ्घ –(अनेमसङ्घ) द्वारा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सङ्घले ‘संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौं’ भन्ने नारासहित उक्त भेला गरिने जानकारी गराएको हो ।

कार्यक्रममा अनेम सङ्घका संयोजक सीता पौडेलले नेपाली महिलाको हरेक क्षेत्रमा ३३ प्रतिसतको सहभागिताको ग्यारेन्टीको माग राजनीतिक रुपमा सफल देखिनु नीतिमै तोकिएकै कारण सफल भएको हो भन्दै अन्य क्षेत्रमा पनि त्यस अवधारणा लागु हुनुपर्ने मागलाई भेलाले वृहत रुपमा उठाउनेछ जनाएकी छन् ।

लैङ्गीक समानताको माग गरिरहँदा राजनीतिक क्षेत्रमा मात्र होइन, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पनि महिलाको सार्थक सहभागीता हुनुपर्ने आवश्यकतालाई व्यवहारमा लागु गनै भेलामा सहभागी महिलालाई प्रशिक्षत गर्ने लक्ष्यले भेला आयोजना हुन लागेको उनको भनाई छ । नेपाल समाचारपत्र दैनिकबाट