काठमाडौं, २९ फागुन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ। उक्त बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहित पार्टीबाट ओली सरकारमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन भनेको छ ।
नेकपा (एमाले) ओली पक्षले हिजो एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक राखेर बादलसहित २३ पूर्व जना पूर्व माओवादी नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गरेपछि नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटीको आकस्मिक बैठक डाकेर यस्तो निर्णय गरेको हो । आजको बैठकले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण पनि माग गरिएको छ ।
यद्धपी माओवादी केन्द्रबाट मन्त्री भएकाहरुले अब एमालेमै समाहित हुने बरु पार्टीले कारबाही गरे भोग्न तयार हुने भनेर स्पष्ट पारिसकेका थिए । ओली सरकारमा माओवादी केन्द्रबाट गृहमन्त्री बादलसहित, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरिशंकर चौधरी, सहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा लामा सहभागी छन् ।




प्रतिक्रिया