Logo

बादल सहित २३ जनालाई कारवाहीको तयारी, सांसद पद पनि नरहने



काठमाडौं, २९ फागुन । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको केन्द्रीय कमिटीमा रहेका २३ जनालाई माओवादी केन्द्रले कारवाही गर्ने भएको छ । आज पेरिसडाँडामा बसेको बैठकले पार्टीका महासचिव रामबहादुर थापा ‘बादल’, स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा लगायतका नेताहरुलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारवाही गर्ने तयारी गरेको माओवादी केन्द्रले जनाएको छ ।आजको बैठकमा प्रस्ताव लगिने सम्भव भए यसै बैठकमा नभए अर्को बैठकबाट पारित गर्ने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्रका २३ जना नेताहरू एमालेको विभिन्‍न पदमा मनोनित भएका छन् ।

गृहमन्त्रीसमेत रहेका बादल बागमती प्रदेश इञ्चार्ज, भट्ट सुदूरपश्चिम इन्चार्ज तोकिएका छन् । त्यस्तै प्रदेश–२ को अध्यक्षमा प्रभु साह चयन भएका छन् । माओवादी नेताका अनुसार एमालेमा गएका माओवादीका सांसद पद पनि खारेज गर्ने तयारी रहेको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्