Logo

एमाले फुटको अन्तिम संघारमा, माधव नेपाल पक्षले बोलायो राष्ट्रिय भेला



काठमाडौं, २९ फागुन । सत्तारूढ दल नेकपा (एमाले) विभाजनको मुखमा पुगेको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आगामी चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आह्वान गरेकोले पनि यो कुरा पुष्टि हुन्छ । आज बसेको नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले हिजो केन्द्रीय कमिटीको बैठक राखेर महाधिवेशनको मिति घोषणादेखि नेपाल पक्षधर नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेका थिए ।

ओलीले माधव नेपाल पक्षधरलाई कारबाही गरेपछि योगेशको प्रतिक्रिया : अतिवादको अन्त्य हुन्छ

एमाले फुटको संघारमा, माधव नेपालले सुनामी ल्याउने 

नेपाल, खनाल र गौतम एकजुट, एमाले फुटाएर नेपाली कम्युनिस्ट पार्टी गठनसम्मको तयारी 

ओलीलाई माधव नेपालको चूनौती, बनाए समानान्तर कमिटी (जिम्मेवारीको सूचिसहित) 

बामदेव माधव समूहमा जोडिदै, ओलीविरुद्ध आक्रामक बन्ने

हिजै नेपाल पक्षको स्थायी कमिटीको आकस्मिक बैठक बसेर ओली पक्षले गरेको निर्णय नमान्ने निर्णय गरिसकेको छ । आजको बैठकले चैत्र ४ र ५ गते राष्ट्रिय भेलाको आयोजना गर्नको लागि सबै प्रदेशमा ईन्चार्ज पनि तोसिकेको छ । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्