Logo

सत्ता समीकरणका लागि दलहरूको दौडधूप



काठमाडौं, चैत १ । नयाँ सरकार गठनका लागि सत्तारुढ दल नेकपा एमाले बाहेकका तीन राजनीतिक दलहरूले गृहकार्य अगाडि बढाएका छन् । एमालेले जनता समाजवादी पार्टीलाई साथ लिएर अहिलेकै सरकारलाई निरन्तरता दिने तयारी गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच भेटघाट बाक्लिएको छ । सत्ता साझेदारीका लागि वार्ता टोली नै गठन गरेर एक चरण प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेलगत्तै जसपाले कांग्रेस र माओवादी केन्द्रसँग पनि छुट्टाछुट्टै छलफल गरेको छ ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका जसपाका नेताहरूले शनिबार माओवादी केन्द्रसँग छलफल गरेको छ । माओवादीको कार्यालय पेरिसडाँडामा बसेको बैठकमा ओली सरकारको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्ने विषयमा समझदारी भएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्