माओवादी केन्द्रसँग कुनै सम्बन्ध नरहेको बताउँदै खानेपानीमन्त्री थापाले भनेः मन्त्रीहरुलाई फिर्ता बोलाउनु हाँस्यास्पद


काठमाडौं, १ चैत्र । खानेपानीमन्त्री मणिचन्द्र थापाले माओवादी केन्द्रले मन्त्रीहरुलाई फिर्ता बोलाउनुलाई हास्यास्पद भनेका छन् । उनले कुनै हालतमा मन्त्रीहरु माओवादी केन्द्रमा फिर्ता नहुने बताए ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशमा स्थिरता ल्याउनका लागि साथ दिएको दावी गर्दै माओवादी केन्द्रसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री थापाले भने,“प्रधानमन्त्री ज्युलाई हामीले मन्त्री र सांसदकोरुपमा साथ दिएको नभएर उहाँको देशप्रतिको लगावका कारणसाथ दिएका हौँ ।”

खानेपानी मन्त्री थापाले एकजुट भएको पार्टीलाई फुटाउन पहल गर्ने पुष्पकमल दाहाल प्रचण्डलाई साथ र सहयोग गर्न नसकिने बताए ।

सधैँ अस्थिरताको नेतृत्व गर्ने प्रचण्ड धाराले देशमा संकट पैदा भएको आरोप लगाए । कम्युनिष्ट आन्दोलनको नेतृत्व युवावर्गलाई दिने लिडरको रुपमा ओली देखिएकाले समर्थन गरेको मन्त्री थापाको भनाइ छ । देशलाई स्थिरतामा ल्याउन निर्वाचन नै आवश्यक भएको बताए ।