नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरू


काठमाडौं, १ चैत्र । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको एक नेताले जानकारी दिए । आजको बैठकमा माओवादी केन्द्रबाट मन्त्री भएकाहरुलाई कारबाही गर्नेबारे निर्णय हुने बुझिएको छ ।

हिजो बसेको स्थायी कमिटी बैठकले पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउने निर्णय गरिसेको थियो । र, एमालेमा २३ जना नेताहरु समाहित भएको सुचना आएकोले स्थिति स्पष्ट पार्न २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि भनिएको थियो । File Photo