Logo

प्रचण्डले पुच्छर नभएको कम्युनिस्ट पार्टीको सपना साकार पार्न खोज्दा…



काठमाडौं, २ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुच्छर भएको कम्युनिस्ट पार्टी नरहने अवस्थाको कल्पना गर्थे । उनले बारम्बार पुच्छर भएको कम्युनिस्ट पार्टी नरहने अवस्था बनाउन सबै कम्युनिस्ट घटकसँग छलफल पनि गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एकताको प्रस्ताव पनि गरे । पार्टी एक बनाएर नेपाल कम्युनिस्ट पार्टी गठन गरे । तर, त्यही उनका लागि प्रतिकूल बन्यो ।

निर्वाचन आयोगमा पुच्छर नभएको कम्युनिस्ट पार्टीको नाम दर्ता गर्दा प्रचण्ड माओवादी केन्द्रको अध्यक्षका रुपमा तीन वर्षपछि फर्किनपुगे । यो उनको इच्छाले नभई सर्वोच्च अदालतको आदेशले भएको हो ।

ऋषि कट्टेलको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी दर्ता भइरहँदा निर्वाचन आयोगमा त्यही नाम दर्ता गरे । जसका कारण अदालतले उक्त पार्टी नै खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताइदियो ।

एकता केन्द्र, नेकपा माओवादी र माओवादी केन्द्र समेत विघटन गरेर नेकपा गठनमा मुख्य भूमिका खेलेका प्रचण्ड त्यसमा गर्व पनि गर्थे । तर, अहिले उनी पुच्छर झुण्ड्याएको कम्युनिस्ट पार्टीको नेतामै सिमित छन् । तर, प्रचण्डको पुच्छर नभएको नेकपा बनाउने उद्देश्य अझै मेटिएको छैन ।

प्रचण्डले ओलीविरोधी असन्तुष्ट पक्षसँग सहकार्य गरेर नेपाली कम्युनिस्ट पार्टी बनाउने तयारी गर्दै छन् । त्यसका लागि घनीभूत छलफल समेत बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्