Logo

प्रधानमन्त्री ओली भेट्न धुम्बाराही पुगे माधव नेपाल र भीम रावल, बैठक सुरू



काठमाडौं, २ चैत्र । नेकपा (एमाले) को विवाद विस्तारै मिल्नेतर्फ अग्रसर देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताको लागि वरिष्ठ नेता माधव कुमार नेपाल धुम्बाराही पुगिसकेका छन् । उनीसँगै उपाध्यक्ष डा. भीम रावलपनि धुम्बाराही पुगेका छन् । पछिल्ला समय अध्यक्ष ओली र नेता नेपालबीच पानी बाराबारको सम्बन्ध छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एकलौटी रुपमा आफू पक्षधर केन्द्रीय कमिटीका सदस्यहरुको बैठक राखेर महत्वपूर्ण निर्णय गरेपछि नेता नेपाल समूहले उक्त निर्णय अवैधानिक भएको भन्दै नमान्ने चेतावनी दिएको थियो ।

र, केन्द्रदेखि तल्लो तहसम्म समानान्तर कमिटी बनाउने घोषणा गरेको छ । प्रधानमन्त्री ओलीले भने यही चैत्र ७ गतेको लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । तर, नेपाल पक्षले बालुवाटारमा बोलाईएको बैठकमा कुनैपनि हालतमा नजाने अडान लिएको छ ।

यही सेरोफेरोमा अब बैठकमा कसरी प्रस्तुत गर्ने भन्नेबारे अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आज मन माझामाँझ हुने बुझिएको छ । आजको बैठकमा अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल, सुवास नेम्वाङ, भीम रावललगायतका नेता आइपुगेका छन् । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्