Logo

एमाले नेताहरु धुम्बाराहीमा जुट्दा, पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं, २ चैत्र । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का शीर्ष नेताहरु धुम्बाराहीमा छलफलमा जुट्दा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । हिजोदेखि जारी केन्द्रीय कमिटी बैठक विहान ११ बजेबाट सुरु भएको हो ।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा विभिन्न ६ वटा एजेण्डामाथि छलफल हुने बताईएको छ । नेतृ पम्फा भुषालका अनुसार आज केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नेछन् ।

पछिल्लो समय माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने रणनीति लिएको छ । र, त्यसको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपा नेपालसँग छलफल अघि बढाएका छन् । सत्ता साझेदारीको लागि तीन दलबीच निरन्तर छलफल भएपनि ठोस सहमति भने हुन सकेको छैन् । Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्