काठमाडौं, २ चैत्र । सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामु्ख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जनाएअनुसार बैठक दिउँसो २ बजे संसद् सचिवालयमा बस्नेछ ।
बैठकमा भोलि हुने प्रतिनिधिभमा बैठकको कार्यसूचीबारे छलफल हुने जनाईएको छ । बढीमा १७ जनासम्म बोलाउन मिल्ने प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको व्यवस्थाअनुसार सभामुखले बैठकमा सहभागीहरुलाई आमन्त्रण गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ । File Photo/ReportersNepal




प्रतिक्रिया