Logo

फागुन २८ गतेका निर्णय फिर्ता लिन ओली पक्ष तयार नभएको रावलको भनाई, अर्को बैठक कहिले ?



काठमाडौं, २ चैत्र । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसहित ११ जना नेताहरुको आज पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बसेको हो ।

तर, आजको बैठक सकारात्मक भएपनि ठोस सहमति भने नभएको नेताहरुको प्रतिक्रिया आएको छ । बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता डा. भीम रावलले आजको छलफलमा दुवै पक्षले आ–आफ्नो कुरा राखेको तर कुनै सहमति नभएको जानकारी दिए ।

उनले भने,‘आजको बेठकमा दुवै पक्षबाट आफ्नो कुरा राख्ने काम भयो, हामीले फागुन २८ गते गरिएको भनिएको निर्णयमा हामी सहमत भएनौं। त्यो निर्णय पार्टी विधानअनुसार छैन भन्दा अर्को पक्षले स्वीकारेको सुन्न पाएनौं। कुरा मिलेन। ‘हामीले सर्वोच्चको फैसलाअनुसार पार्टीलाई ३ वर्षअगाडिको अवस्थामा नै फर्काउनुपर्ने कुरा राख्यौं । यसका लागि २८ गतेको वैठकले गरेका निर्णय रद्द गर्नुपर्छ । तर, प्रधानमन्त्रीले भने अस्तिको बालुवाटार वैठकबाट भएका निर्णय फिर्ता लिने इच्छा देखाउनुभएन ।’

यद्धपी रावलले आफूहरुले आजको बैठकलाई सकारात्मक रुपमा लिएको विश्वास दिलाए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्