Logo

‘अदालतको फैसलापछि एमालेको जुन अवस्था थियो, त्यसमा फर्किउँ’ : माधव नेपाल



काठमाडौं, २ चैत्र । नेकपा (एमाले) का शीर्ष नेताहरुको बैठकमा ठोस सहमति भएन । आज पार्टी मुख्यालय धुम्बाराहीमा बसेको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुको आज बसेको बैठकमा सहमति हुन नसकेको नेताहरुको प्रतिक्रिया छ ।

फागुन २८ गतेका निर्णय फिर्ता लिन ओली पक्ष तयार नभएको रावलको भनाई, अर्को बैठक कहिले ?

आजको बैठकमा आफूहरुले फागुन २८ गतेको निर्णय खारेज गर्न अडान लिएपनि प्रधानमन्त्री ओली तयार नभएको नेपाल पक्षका नेता भीम रावलले जनाए । बैठकबाट बाहिरिने क्रममा नेता नेपालले भने,‘अदालतको फैसलापछि पूर्व एमालेको जुन स्थान थियो, संरचना, पदाधिकारी र सदस्यका हिसाबले, त्यो ठाउँमा फर्कौं । २८ गतेको बैठक वैधानिक छैन, त्यसलाई शून्य स्थितिमा पुर्‍याउँ ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्