Logo

कुन राशिको सेक्स कस्तो ?



२१ प्रतिशत अविवाहितहरू आफ्ना प्रेमी वा प्रेमिकाको राशि पहिला थाहा पाउन चाहन्छन् । यसको कारण के हो भने तपाईंको राशिले तपाईंको व्यक्तित्वका बारेमा धेरै कुरा बताउँछ । एक अध्ययन अनुसार यस्तोमा पार्टनरसँग निकट हुनु र सेक्स गर्नुअघि थाहा पाउन चाहन्छन्- जोडीलाई कुन प्रकारको सेक्समा रुचि छ र उसको यौन व्यवहार कस्तो छ ?

मेष: सीधै सेक्स

मेष राशिका मानिस सीधै यौन कर्ममा रुचि राख्छन् । उनीहरू ‘फोर प्ले’ वा ‘ननसेन्स सेक्स’मा रुचि राख्दैनन् । यो राशिवाला मानिस बिछ्यौनामा आफ्नो यौनसाथीलाई ‘डोमिनेट’ गर्न मज्जा मान्छन् ।

वृष: समर्पित प्रेमी

वृष राशि भएकाहरू छिटो सेक्स मन पराउँदैनन् । यस राशिवालाहरू धैर्य र समर्पित हुन्छन् । पार्टनरको शरीर स्पर्श र फोर प्लेमा बढी समय दिन्छन् । साथै यस राशिका मानिस सेक्स टोयको प्रयोग गर्न पनि रुचाउँछन् । उनीहरूलाई ढिलो र सुस्त प्रकारको अनि प्रेमपूर्वक गरिने फोर प्लेमा बढी मज्जा आउँछ ।

मिथुन: मस्ती सेक्स

यस राशिका मानिसहरू कोमल, मस्ती भरिएको र ठट्टा गरिएको सेक्समा रुचि राख्छन् । यस राशिका मानिसका लागि सेक्सको अर्थ जरुरी छैन, जति प्यारको छ । मिथुन राशि भएकाहरूले सेक्सलाई उति संवेदनशील रूपमा लिँदैनन् । उनीहरू रमाइलो र प्रेम-खेलकै माध्यमले पार्टनरलाई सन्तुष्ट बनाउँछन् ।

कर्कट: सेक्सअघि नै इमोसन

सबै १२ राशिमा कर्कट राशिका मानिस सबैभन्दा संवेदनशील मानिन्छन् । उनीहरूका लागि सेक्सअघि भावनात्मक सम्पर्क (इमोसनल कनेक्सन) निकै आवश्यक हुन्छ । यिनीहरू निकै उत्तेजित पनि हुन्छन् सेक्सका सवालमा ।

सिंह: कम्प्लिमेन्ट्समा रुचि

यस राशिका मानिस अति धैर्यशाली हुन्छन् र सेक्सका क्रममा उनीहरूका ‘इगो’ वा अहं देखाउँछन् । यदि तपाईं सिंह राशिका पार्टनरलाई खुसी पार्न चाहनुहुन्छ भने बिछ्यौनामा उनीहरूलाई केही न केही ‘कम्प्लिमेन्ट्स’ दिन नभुल्नुहोस् । यस राशिका मानिसलाई यौनिक हँसीमजाक पनि अर्थपूर्ण हुन्छ ।

कन्या: पूर्ण आनन्दमा रुचि

कन्या राशिका मानिस यस्ता प्रेमी हुन्, जसलाई बिछ्यौनामा पूर्ण आनन्द चाहिन्छ । उनीहरू सेक्सका क्रममा पनि हरेक ससाना कुरामा ध्यान दिन्छन् र प्राविधिक तरिकाले काम गर्छन्, चाहे सेक्स नै किन नहोस् । बेड रुममा उनीहरूलाई सरसफाई र हाइजिन चाहिन्छ । कन्या राशिवालासँग सेक्स गर्नुपूर्व नुहाउन नभुल्नुहोला ।

तुला: बातचित र अन्य कुरामा ध्यान

तुला राशि भएकाहरू सरल र सिर्जनशील प्रेमी हुन् र उनीहरूका लागि सेक्सको अर्थ पार्टनरसँग सुन्दर र सशक्त तरिकाले सम्पर्कमा रहनु तथा आफ्नो इमोसन शेयर गर्नु हो । यस राशिका मानिसलाई आफ्नो पार्टनरलाई सन्तुष्ट बनाउन आउँछ तर सन्तुष्ट बनाउन भने निकै गाह्रो हुन्छ ।

वृश्चिक: धैर्य र बढिया स्वभाव

यस राशिका मानिस निकै संवेदनशील, धैर्य र सन्देहास्पदका साथै आफ्नो पार्टनरलाई लिएर निकै बढिया ठान्ने स्वभावका हुन्छन् । उनीहरूमा सेक्सको भोक सबैभन्दा बढी हुन्छ । यिनीहरूलाई यौनिक रमाइलोमा रुचि हुन्छ र पार्टनरसँग धैर्य र शान्त सेक्स चाहन्छन् ।

धनु: छिटो र तीव्र सेक्स चाहना

धनु राशि भएकाहरू सबैभन्दा ‘एड्भेन्चरस’ हुन्छन् । उनीहरूलाई रुटिन सेक्स वा धीमा गतिको सेक्समा रुचि हुँदैन । यिनीहरू अत्यन्त छिटो र तीव्र सेक्समा मजा मान्छन् । यिनीहरू अत्यन्त पारदर्शी पनि हुन्छन् । जस्ता छन्, त्यस्तै देखिन्छन् । यिनीहरूलाई सेक्समा पनि नयाँनयाँ प्रयोग गर्न रुचि हुन्छ ।

मकर: नयाँ प्रयोगमा रुचि

यस राशिका मानिस सेक्सअघि जति नै योजना बनाए पनि यिनीहरूलाई सेक्समा नयाँ प्रयोग गर्न मनपर्छ । साथै यस राशिका मानिस सेक्स गर्नुअघि राम्रो किसिमले पार्टनरबारे जान्न र सहज सम्पर्क स्थापित गर्न रुचाउँछन् । यिनीहरू परम्परागत सेक्स मनपराउँछन् ।

कुम्भ: अप्रत्याशित प्रेमी

कुम्भ राशि भएकहरू निकै उत्साहित र अप्रत्याशित प्रेमी हुन्छन् तर सधैँ आफ्नो पार्टनरप्रति निष्ठावान् र विश्वासी बनिरहन्छन् । यस राशिका मानिस पनि सेक्समा नयाँ प्रयोग गर्न रुचाउँछन् । यसका लागि उनीहरू ‘वाइल्ड’ तथा ‘फ्रि स्पिरेटेड’ सेक्समा रुचि राख्छन् ।

मीन: संवेदनशील प्रेमी

मीन राशिका मानिस संवेदनशील प्रेमी हुन् । यिनीहरूलाई आफ्नो पार्टनरलाई खुसी बनाउन मनपर्छ । यस राशिका मानिस रमाइला र मोहक हुन्छन् तथा यिनलाई उत्तेजक सेक्समा मजा आउँछ ।

 



प्रतिक्रिया दिनुहोस्