दिनहुँ १० हजार पाइला हिँड्नोस्
आफ्नो शरीरलाई सक्रिय बनाउन हप्तामा १ सय ५० मिनेट द्रुत गतिमा काम गर्नु आवश्यक हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार छिटो दौडने, बगैँचा बनाउने, पौडी खेल्ने, खेल खेल्ने वा व्यायाम गर्ने वा प्रति हप्ता ७५ मिनेट हाइपरएक्टिभ एरोबोटिक शारीरिक गतिविधि गर्नुपर्ने हुन्छ ।
मांसपेशीहरूलाई सुदृढ पार्ने व्यायाम पनि हप्ताको २ दिन गर्नुपर्छ । यी निर्देशनहरू १८ वर्षदेखि ६४ वर्षसम्मका व्यक्तिहरूका लागि धेरै राम्रो मानिने डब्लुएचओको प्रतिवेदनले औँल्याएको छ ।
प्राय: बिहान सबेरै नउठ्ने, शारीरिक व्यायाम नगर्ने, हिँड्न नखोज्ने र राती अबेरसम्म नसुत्ने, आफ्नो स्वास्थ्यको चिन्ता नगरी बाहिर खान जाने जस्ता विभिन्न कारणले गर्दा हामी निष्क्रिय बन्दै गइरहेका हुन्छौं ।
निष्क्रिय जीवनशैली शरीरका लागि त्यति नै घातक छ, जति धूमपान र मोटोपनबाट हुने गर्छ । यस्ता व्यक्तिहरूमा मृत्यु दर ६ प्रतिशतले बढ्छ । स्तन र कोलन क्यान्सरको जोखिम २१ देखि २५ प्रतिशत, मधुमेहको २७ प्रतिशत र हृदय रोगको खतरा ३० प्रतिशत बढ्छ ।
३ प्रतिशत महिलाहरूले मात्र शारीरिक व्यायाम गर्ने गरेको अनुसन्धानबाट देखिन्छ । त्यसैले बाँकी सबै महिलाहरूमा रक्तचाप, हृदय रोग, स्ट्रोक, मधुमेह, स्तन क्यान्सर, कोलोन क्यान्सर, मोटोपन र हड्डीसम्बन्धी धेरै रोगहरू हुने गरेको देखिएको छ ।
एक सर्वेक्षण अनुसार स्वास्थ्य चेतना भए पनि शारीरिक गतिविधिलाई वृद्धि गर्न सक्दैन भने उसको शरीर स्वस्थ जस्तो देखिन्छ तर निष्क्रिय नै हुन्छ । तथ्यांकका अनुसार विश्वमा २७.५ प्रतिशत व्यक्तिहरूले शारीरिक गतिविधि गर्छन् तर विश्व स्वास्थ्य संगठनले तोकेको स्तरभन्दा भने धेरै कम रहेका छन् । शारीरीक गतिविधिमा महिलाभन्दा पुरुष धेरै सक्रिय छन् । जुन देश धेरै विकसित छ, त्यहाँ शारीरिक गतिविधिहरू त्यति नै कम छन् ।
निष्क्रिय जीवनशैली शरीरका लागि त्यति नै घातक छ, जति धुम्रपान र मोटोपन हुने गर्छ । यस्ता व्यक्तिहरूमा मृत्युदर ६ प्रतिशतले बढ्छ । स्तन र कोलन क्यान्सरको जोखिम २१ देखि २५ प्रतिशत, मधुमेहको २७ प्रतिशत र हृदय रोगको खतरा ३० प्रतिशत बढ्छ ।
वैज्ञानिक पुष्टि भइसकेको छ- शारीरिक सक्रियताले हाम्रा मांसपेशीहरू, मुटु र फोक्सोको फिटनेस बढाउँछ । हड्डीहरूलाई बलियो पार्छ र हृदय रोग र धेरै प्रकारका क्यान्सरको खतरा कम हुने गर्छ ।
स्वस्थ व्यक्ति यदि ३० मिनेटसम्म लगातार हिँड्दा, नाच्दा, दौडिँदा वा पौडी खेल्दा मात्रै पनि धेरै बिमारसँग टाढा रहन सक्ने मात्र होइन, शारीरिक रूपबाट नै स्वस्थ जीवन बाँच्न सक्छन् । हामीले कम्तीमा पनि ६० मिनेटसम्म शारीरिक क्रियाकलाप वा १० हजार पाइला चाल्ने प्रयास गर्नु राम्रो मानिन्छ । डब्लुएचएओका अनुसार ६५ वर्षभन्दा धेरै उमेर हुने मानिसले प्रति हप्ता १५० मिनेट हिँड्ने, साइक्लिङ गर्ने, खेल्ने वा हल्का व्यायाम गर्ने गर्नुपर्छ ।




प्रतिक्रिया