Logo

प्रधानमन्त्रीले आयोजना गरेको चियापान सुरु (फोटोफिचर)



काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान सुरु भएको छ । आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि आयोजना गरेको चियापान सुरु भएको एक नेताले जानकारी दिए ।

चियापन समारोहमा नेताहरु पुग्ने क्रम जारी छ । तर, उक्त चियापानमा माधव नेपाल र झलनाथ खनाल पक्षले भने उपस्थित् नहुने जनाईसकेको छ ।आजको चियापानले पार्टीभित्र नेताहरुबीच हार्दिकता कायम गर्ने विश्वास नेताहरुले लिएका छन् ।

सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् । अब एमालेलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा नेताहरुले जोड दिएका छन् । तर, गत फागुन २८ गते ओली पक्षले एकलौटी बैठक राखेर विधानविपरित निर्णय गरेको भन्दै नेपाल पक्षले उक्त निर्णय फिर्ताको माग गरेको छ ।  Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्

Screenshot