Logo

रणनीति बनाउँदै बामदेव, ओलीविरुद्ध कठोर रुपमा प्रस्तुत हुने तयारी



काठमाडौं, ३ चैत्र । नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतम भावी रणनीति बनाउन निकटस्थसँग छलफल गरिरहेका छन् । आज उनले एकता अभियानको बैठक डाकेका छन् । बैठकमा सामूहिक र समूहगत छलफल चलाएर निष्कर्ष निकाल्ने तय भएको छ ।

अब गौतम कसरी अगाडि बढ्ने भन्नेबारे एकता अभियानबाट तय हुने बुझिएको छ । एमाले र माओवादी केन्द्रबीच एकताका लागि ओलीलाई सत्ताबाट हटाउने मुख्य शर्तसहित गौतम प्रस्तुत हुने भएका छन् । उनलाई निकटस्थले पनि त्यही सुझाव दिएका छन् ।

ओलीको सत्ता बर्हिगमनले मात्र एकता अभियान सफल हुने बामदेव गौतम पक्षधर लगभग निष्कर्षमा पुगिसकेका छन् । अब उनी कठोर निर्णयका साथ प्रस्तुत हुने भएका छन् । गौतम कुनै पनि पक्षमा नलागी एकता अभियानमै रहने सम्भावना बढी रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्