वर्षौपछि यस्तो छ गोविन्दाको गुनासो…


काठमाडौ., ३ चैत्र । राम्रो अभिनय र नृत्यको लागि बेग्लै पहिचान बनाएका बलिउड अभिनेता हुन् गोविन्दा । हिरो नम्बर १ भनिने गोविन्दाले आफ्नो करियरको सुरुवातीका दिनलाई स्मरण गर्दै नयाँ खुलाशा गरेका छन् ।

बलिउडका धेरै कलाकारहरु नेपोटिजममा विवादमा परिरहँदा गोविन्द भने टाढा थिए । गोविन्दा पनि पछिल्लो समयमा अमिताभ बच्चनको संघर्षको विषयमा कुरा गर्दा तानिएका छन् । नेपोटिजम अर्थात भाई भतिजावादको मुद्दा उठाउदै गोविन्दाले नेपोटिजमको कुरा सुनिरहेको भन्दै २० वर्ष देखि देखिरहेको बताएका छन् । उनले आफ्नो बदनाम गराउन कसैले कोशिश गरेको बताए ।

गोविन्दाले एक कार्यक्रममा बोल्दै नेपोटिजमको कुरा अब गरेर काम नहुने बताएका छन् । उनले नेपोटिजमको कारण अगाडी बढ्न नपाएको प्रतिभालाई सहयोग गर्न चाहेको जानकारी दिए । अभिनेताले ठुला कम्पनीले जो बलिउडमा प्रवेश गर्न चाहानेलाई सहयोग गर्नुपर्ने बताएका छन् । उनको ‘गोविन्दा एन्टरमेन्ट नम्बर १’ नामको प्रोडक्सन हाउस पनि छ ।

अभिनेता गोविन्दाले अमिताभ बच्चनको संघर्ष पनि देखेको भन्दै बच्चन मञ्चमा आउदा दर्शकहरुले मुख उता फर्काउथे र उनी फर्किएर जाने गरेको खुलाशा गरे । उनले संघर्षका पुराना दिन स्मरण गर्दै काम नपाएर धेरै समय फुर्सदमा बिताएको बताए । गोविन्दाले पछिल्लो वर्षमा १४–१५ वर्षको पैसा करीब १६ करोड नोक्सान उठाएको पनि बताएका छन् ।
उनले बलिउडका मानिसहरुले आफुलाई किनारा लगाउन खोजेको समेत आरोप लगाए ।