काठमाडौं, ३ चैत्र । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर लिएर ससुराली गएका छन् । मुख्यमन्त्री राई श्रीमती जाङ्ग्मु शेर्पाका साथ हेलिकप्टर लिएर ससुराली गएका हुन् । मुख्यमन्त्रीकी श्रीमती जाङ्मुले आज हेलिकप्टरमार्फत आफ्नो माईती गाउँ संखुवासभास्थित मकालु गाउँपालिकाको सेदुवा गएको तस्विर सार्वजनिक गरेकी हुन् ।

मुख्यमन्त्री दम्पत्तिसँग त्यहाँका सांसद राजेन्द्र गौतमलगायतका एमालेका केही नेता तथा कार्यकर्ता पनि छन् । मुख्यमन्त्री राई करिब दुई महिना अघि मात्र जाङमुसँग विवाहबन्धनमा बाँधिएका थिए ।





प्रतिक्रिया