Logo

बामदेव छुट्टै दल खोल्ने तयारीमा



काठमाडौं, ४ फागुन । नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतम छुट्टै दल खोल्ने तयारीमा लागेका छन् । एमाले फुट्ने निश्चितप्रायः भएपछि उनी कुनैपनि समूहमा नलागी अलग समूह बनाएर बस्ने तयारीमा बसेका हुन् ।

गौतम सकभर फागुन २८ गते अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सच्याउन लाग्ने गरी सक्रिय भएका छन् । ओलीले कदम सच्याएर पार्टी एक हुनसक्ने उनको बुझाई छ । अध्यक्ष र महासचिवबाहेकका निर्वाचित पदाधिकारी नै खारेज गर्ने ओलीको कदम नसच्चिए एमाले फुट्ने गौतम पक्षको निष्कर्ष रहेको छ ।

नेकपा एकता अभियानको भेलाले ओलीको कदम नसच्चिए एमाले फुट्ने र त्यतिबेला कस्तो कदम चाल्नेबारे समेत छलफल गरी सुझाव दिएको छ । जसमा एक समूहले माधव नेपाल-झलनाथ खनालको समूहमा जोडिन भनेको छ । तर, अधिकांशले एकता अभियानलाई यथावत् राखेर छुट्टै ढंगले बढ्न सम्झाएको छ ।

गौतमले पनि कुनै पनि समूहमा नलागी आफ्नो छुट्टै समूहलाई सक्रिय बनाउने तयारी गरेका छन् । त्यो अभियानमा सिमित हुने या दलका रुपमा समेत दर्ता हुनसक्ने बुझिएको छ ।

यसैगरी, नेपाल-खनाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा गौतम समूहका केही नेताहरु पनि पुगेका छन् । उनीहरु अवस्थालाई विश्लेषण गरी कदम चाल्ने गरी गौतमलाई सुझाव दिने गरी तयारीमा छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot