Logo

ओलीले माधव नेपाललाई भनेका थिएः देउता आएर बचाइदिए



काठमाडौं, ४ फागुन । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते गरेको निर्णय नउल्टने जवाफ दिएको खुलाएका छन् । आज सानेपाको हेरिटेज पार्टी प्यालेसमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै एकताको सबै ढोका बन्द गरेको आरोप लगाए ।

नेपालले २ फागुनमा धुम्बाराहीमा ओलीसँग भएको भेटको विषय खुलासा गरे । ‘एकताको ढोका सबै बन्द गर्नुभएको छ,’ नेपालले भने,‘अहंकार र दम्भका कारण निर्णय उल्टिदैन भन्नुभयो ।’ आफूहरुले नयाँ अध्यायबाट शुरु गरौं भन्दा शुरु हुन सक्दैन भनेको सुनाए । आफूहरुलाई उल्टै आत्मालोचना गर्न भनेको सुनाए ।

ओलीले भेट्न आग्रह गर्दा आफूले धुम्बाराहीमा मात्र भेट्ने जवाफ दिएको सुनाए । धुम्बाराहीमा एक्लाएक्लै नभई सामूहिक भेट्ने भनेको सुनाए । ‘माधव नेपालले मेरो पद बचाइदिनुहोस् न भनेका थिए भनेर प्रचार शुरु गर्छन् । एक्लै भेट्दिनँ भनेँ,’ उनले सुनाए ।

ओलीले आफूलाई चट्टानमा लगेर बजारेको बताएको उल्लेख गरे । उनले भने,‘देउता आएर बचाए भन्नुभयो ।’

पटक पटक सत्ताबाट हटाउन खोज्दा पनि ओलीले संकट टार्ने सफलता हासिल गरेका छन् । त्यसैले उनले देउता आएर बचाएको भनेको विषय अर्थपूर्ण छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्