Logo

अमेरिकामा भएको गोलीकाण्डमा मारिनेमध्ये अधिकांश एशियाली मूलका, शंकास्पद पक्राउ



एजेन्सी, ४ फागुन । संयुक्त राज्य अमेरिकाको गोलीकाण्डमा मारिनेमध्ये अधिकांश एशियाली मूलका भएको खुलेको छ । जर्जिया राज्यको स्पाजमा ८ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये ४ जना कोरियाली नागरिक छन् । घटनामा संलग्न रहेको आशंकामा २१ वर्षीय पुरुषलाई प्रहरीेले पक्राउ गरेको छ ।

अमेरिकामा बेला बेलामा गोलीकाण्ड हुने गर्दै आएको छ । यसले त्यहाँ हतियार राख्न पाउने कानुन बहसमा आउने गरेको छ ।-तस्बिर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्