Logo

कर्णाली प्रदेश सरकार धरापमा, एमालेद्वारा समर्थन फिर्ता



काठमाडौं, ४ फागुन । कर्णाली प्रदेश सरकार धरापमा परेको छ । आज नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार धरापमा परेको हो ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले आफ्ना तीनजना मन्त्रीलाई फिर्ता बोलाएका छन् । उनले समर्थन फिर्ता लिने निर्णय भएको समेत जानकारी दिए ।

कर्णाली प्रदेशसभामा एमालेको समर्थनमा प्रदेशसभा सरकार बहुमतमा थियो । प्रदेशसभामा सबैभन्दा बढी एमालेबाट २०, माओवादी केन्द्रबाट १३, नेपाली काँग्रेसबाट ६ र राप्रपाबाट एकजना प्रदेशसभा सदस्य रहेका छन् । बहुमतका लागि एमाले र माओवादी केन्द्र या एमाले र काँग्रेस या माओवादी केन्द्र, काँग्रेस र राप्रपाबीच गठबन्धन हुनुपर्छ ।

मुख्यमन्त्री शाहीले सरकार जोगाउन अब काँग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहको साथ पाउनुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्