Logo

प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक, माधव पक्ष सहभागी नहुने



काठमाडौं, ४ चैत्र । नेकपा (एमाले) ले भोलि (बिहीबार) विहान ११ बजेको लागि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाईएको एक सांसदले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

यता, वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको भने ललितपुरको हेरिटेज गार्डेनमा भेला जारी छ । भोलिको संसदीय दलको बैठकमा नेता नेपाल पक्षका सांसद भने नजाने भएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्