गोरु काटिरहेको अवस्थामा ४ जना पक्राउ


झापा, ४ चैत्र । गोरु काटिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–१२ कालिझोडा गाउँमा गोरु काटिरहेको अवस्थामा ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुनिल बिक, ३० वर्षीय टार्जन आछामी, २१ वर्षीय सुवास दर्जी र सोही नगरपालिका-५ बस्ने २१ वर्षिय महेश सार्की रहेका छन् । उक्त स्थानमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले गोरू काटिरहेको अवस्थामा १ थान दाउ, १ थान बन्चरो र २ थान चक्कु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।