Logo

कर्णाली प्रदेश सरकारलाई एमालेको नेपाल समूहको साथ



काठमाडौं, ४ फागुन । कर्णाली प्रदेश सरकारलाई नेकपा एमालेको संस्थापन पक्षले समर्थन फिर्ताको घोषणा गरेलगत्तै माधव नेपाल समूहले समर्थन कायमै रहेको स्पष्ट पारेको छ । बुधबार नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय सार्वजनिक भएपछि नेपाल समूहले प्रेस विज्ञप्तिमार्फत् समर्थन कायमै रहेको जनाएको हो ।

कर्णाली प्रदेशको नेपाल समूहका नेता प्रकाश ज्वालाले समर्थन फिर्ता नलिएको जनाएका छन् । उनले विज्ञप्तिमार्फत् यसअघि कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेलले लिएको निर्णयलाई आधिकारिक नभएको जानकारी गराएका छन् ।

यसअघि कँडेलले समर्थन फिर्ता लिएको जानकारी दिदै आफ्ना तीनजना मन्त्रीलाई फिर्ता बोलाएका थिए कर्णाली प्रदेशसभामा एमालेको समर्थनमा प्रदेशसभा सरकार बहुमतमा थियो । प्रदेशसभामा सबैभन्दा बढी एमालेबाट २०, माओवादी केन्द्रबाट १३, नेपाली काँग्रेसबाट ६ र राप्रपाबाट एकजना प्रदेशसभा सदस्य रहेका छन् । अब एमालेको दुई समूहको फरक धारणा बाहिर आएपछि प्रदेशको राजनीतिले रोचक मोड लिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्