Logo

विवाह गरेको चार महिनामै झुण्डिएर आत्महत्या



कञ्चनपुर, चैत ५ । जिल्लाको भीमदत्त नगरपालिका–१० तिल्केनीमा २२ वर्षीया जयन्ती अवस्थी मृत अवस्थामा फेला परेकी छन् । मृतक अवस्थीको चार महिना पहिले मात्रै विवाह भएको थियो ।

बुधबार राती आगनमा रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा उनलाई परिवारले भेटेका थिए । घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान प्रकाशलाई प्रहीले पक्राउ गरको छ । मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।



प्रतिक्रिया दिनुहोस्