Logo

बामदेव एकातिर तुलसा अर्कातिर



काठमाडौं, ५ चैत्र । नेकपा एमालेको विवाद उत्कर्षमा पुग्दा नेताहरु फरक समूहमा देखिएका छन् । एउटै परिवारका सदस्य राजनीतिमा लागेकामा भिन्न समूहमा देखिएको अवस्था पनि छ ।

एमालेका प्रभावशाली नेता बामदेव गौतम तटस्थ भूमिकामा छन् । उनी नेकपा एकता अभियान चलाउँदै आएका छन् । गौतम ५ पौषयता प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको कुनैपनि बैठकमा सहभागी भएका छैनन् । एक्लाएक्लै भेटवार्ता भने गरेका छन् ।

गौतम तटस्थ भुमिकामा बसेपनि उनकी पत्नी तुलसा थापा भने ओली समूहको बैठकमा सहभागी हुँदै आएकी छिन् । उनी आजको संसदीय दलको बैठकमा पनि सहभागी छिन् ।

तुलसा थापा प्रतिनिधि सभामा समानुपातिकतर्फकी सांसद हुन् । उनको ओली समूहले डाकेको बैठकमा सहभागी हुनुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्