Logo

बालुवाटार हिँडेका नेपाल पक्षका सांसद बाटोबाटै फर्किए



काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन हेरिटेज गार्डेनबाट बालुवाटार हिँडेका सांसदहरु बाटोबाटै फर्किएका छन् । यसअघि ओलीले बोलाएको बैठकमा भाग नलिने नेपाल पक्षको अडान थियो ।

तर, विहान हेरिटेजमा भेला भएका माधव नेपाल समूहका सांसदहरु बैठकमा भाग लिनको लागि बालुवाटार हिँडेका थिए । तर, भीम रावलले आपत्ति जनाएपछि उनीहरु बालुवाटार नपुग्दै बाटोबाटै फर्किएको एक सांसदले जानकारी दिए । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्