Logo

नेकपा (एमाले) संसदीय दलको बैठक सुरू



काठमाडौं, ५ चैत्र । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । नेकपाको नामबारे उत्पन्न विवादमाथि सर्वोच्च अदालतको फेसलाबाट पूर्वबत नेकपा एमाले ब्युँतिएपछि एमाले संसदीय दलको बैठक आज पहिलोपटक बसेको हो ।

उता, प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आजको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु भने सहभगाी भएका छैनन् । नेपाल पक्षले ललितपुरको हेरिटेज गार्डेनमा राष्ट्रिय भेलाको आयोजना गरेको छ । भेला हिजोदेखि सुरु भएको हो । भेलामा वरिष्ठ नेता नेपालले प्रतिवेदन पेश गरिसेका छन् । Photo Source : Surya Thapa/PM Oli’s Press Advisor



प्रतिक्रिया दिनुहोस्