Logo

एमाले संसदीय दलको बैठक, संसदीय बोर्ड गठन



काठमाडौं, ५ चैत्र । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) को संसदीय दलको बैठक बालुवाटारमा बसेको छ । उक्त बैठकले गुटगत भेला गर्ने नेताहरूलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको एक सांसदले जानकारी दिए । ती सांसदका अनुसार आजको बैठकले अनुशासन उल्लंघन गर्ने सांसद्लाई कारबाही गर्न २४ जना सांसद् रहने संसदीय बोर्ड गठन गरेको हो ।

बोर्ड सदस्यहरुमा वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल पनि छन् । त्यस्तै, अन्य सदस्यहरुमा उपनेता सुवास नेम्वाङ, शेरवहादुर तामाङ, रघुवीर महासेठ,भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक, मुख्य सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा र राजेन्द्र राई छन् ।

बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन सांसदहरूलाई आह्वान गरेको हो । आजको बैठकमा भने माधव नेपाल पक्षधर सांसदहरु उपस्थित् भएका छैनन् । बैठकमा लालबाबु पण्डित र तुलासा थापा भने सहभागी भएका छन् । Photo By: Surya Thapa



प्रतिक्रिया दिनुहोस्