Logo

अनुपस्थित भएका नेपाल र खनाल पनि एमाले संसदीय बोर्डमा



काठमाडौं, ५ चैत्र । नेकपा एमालेका अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय बोर्ड गठन गर्दा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि समावेश गरेका छन् । २४ सदस्यीय बोर्डमा हाल २४ जनालाई समावेश गर्दा नेपाल र खनाल पनि समावेश गरिएका छन् ।

तर, रोचक पक्ष नेपाल र खनाल आज बसेको संसदीय दलको बैठकमा अनुपस्थित भए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा नेपाल र खनाल समूहका सांसदहरु पुगेका थिए । तर, नेपाल र खनाल भने पुगेनन् ।

अनुपस्थित भएका नेताहरुलाई ओलीले संसदीय बोर्डमा राख्नुलाई अर्थपूर्ण मानिएको छ । एमालेभित्र २८ फागुनमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेपछि विवाद उत्कर्षमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot