Logo

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न : १७ बुँदे प्रस्ताव पारित, चैत्र ७ गतेको केन्द्रीय कमिटीको बैठकमा नजाने



काठमाडौं, ५ चैत्र । १७ बुँदे प्रस्ताव पारित गर्दै नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको काठमाडौंमा चलेको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले पारित गरेको प्रस्ताव नेता विष्णु रिजालले वाचन गरेर सुनाएका थिए ।

अदालतको फैसलाअनुसार अघि बढ्नको लागि आफूहरु तयार रहेको बताउँदै सचिव योगेश भट्टराईले अवैधानिक केन्द्रीय कमिटीको बैठकमा नजाने स्पष्ट पारेका छन् । पार्टी एकताको लागि आफूहरु जिम्मेवार ढंगले अघि बढिरहेको उनको भनाई छ । चैत्र ७ गतेको केन्द्रीय कमिटीको बैठकमा नजाने पनि उनले स्पष्ट पारे ।

उनले आफूहरुको तर्फबाट पार्टी विभाजनको कुनै घोषणा नहुने जिकिर गरे । उनले आफूहरुलाई कारबाही गर्न प्रधानमन्त्री ओलीले किन ढिलाई गरेको भन्दै आश्चर्य व्यक्त गरे । उनले भने,‘उहाँले हामीलाई कारबाही गर्न किन ढिलाई गर्नुभयो ? आश्चर्य लागेको छ ।’



प्रतिक्रिया दिनुहोस्