अनामनगरको सार्वजनिक जग्गामा कब्जा गर्ने चाम्लिङप्रति स्थानीय प्रशासन मौन


काठमाडौं, ६ चैत्र । अनामनगरस्थित धोबीखोलाको सार्वजनिक /ऐलानी जग्गामा संरचना बनाई भाडा खाइरहेको इन्द्र चाम्लिङलाई कारबाही गर्न स्थानीय प्रशासनले कुनै चासो देखाएको छैन । अनामनगर धोबीखोला किनारको सार्वजनिक जग्गामा मात्र १० वटा भन्दा बढी अस्थाइ र स्थाइ संरचना बनाएर मासिक लाखौंं रुपैयाँ भाडा असुली गरी ठगी गर्दा समेत जिल्ला प्रशासन कार्यालय मौन देखिन्छ ।

चाम्लिङले सार्वजनिक जग्गामा संरचना बनाएर मासु पसल ग्यारेज, सुसीन ए वान म : म सेन्टरलगायतबाट भाडा उठाउँदै आएका छन् ।  सार्वजनिक जग्गा हडपेर संरचना बनाउनेलाई कारबाही गर्न अख्तियारले निर्देशन दिएपनि चाम्लिङको हकमा जिल्ला प्रशासन कार्यालय मौन रहेको छ ।

कानूनले भने सार्वजनिक जग्गा कब्जा गर्नेलाई हटाउने र कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । कार्यालयले १५ दिनको सूचना दिएर अतिक्रमणकारीलाई उक्त ठाउँबाट हटाउन सक्छ ।