Logo

पम्फा भुसालको प्रश्नः चीनबाट किन भ्याक्सिन नल्याएको ?



काठमाडौं, ६ फागुन । नेकपा (माओवादी केन्द्र) की सांसद पम्फा भुसालले चीनबाट भ्याक्सिन नल्याएको भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । आज संसदमा बोल्दै उनले कोरोना भाइरसविरुद्ध लड्ने बेलामा सकरार जवाफदेही नभएको टिप्प्णी गरिन् ।

‘चीनबाट किन भ्याक्सिन नल्याएको ?’ भुसालले प्रश्न गरिन्,‘असंलग्न परराष्ट्रनीति के हो ?’

चीनले पाँच लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन अनुदान दिने घोषणा गरिसक्दा पनि सरकारले नल्याइरहँदा भुसालले प्रश्न उठाएकी हुन् ।

उनले दुई तिहाईको धाक दिएर सरकारले लाज छोप्न खोजेको आरोप लगाइन् । उनले भनिन्,‘दुई तिहाईको भ्रम छर्न खोजिएको छ ।’



प्रतिक्रिया दिनुहोस्