Logo

एमाले विवाद उस्तै



काठमाडौं, चैत ७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज ९शनिबार० बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक सकेर केन्द्रीय कमिटीको बैठक बस्ने गरी गृहकार्य अघि बढाएका छन् ।

नेकपा केन्द्रीय सदस्य एवं सांसद शेरबहादुर तामाङले शनिबार संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्ने बताए । यसअघि बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले शनिबारको बैठकसमेत बहिष्कार गर्ने भएका छन् ।

शुक्रबार राति बानेश्वरमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले बैठक बहिष्कार गर्ने निर्णय गरेको उपाध्यक्ष भीम रावलले बताए । विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय भएको उनले बताए ।

रावलले बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा बैठकमा सहभागी हुन सकिने बताए ।

यता उपाध्यक्ष वामदेव गौतमले संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठकमा सहभागी हुने जनाएका छन् । अखिल नेपाल किसान महासंघको शनिबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा सहभागी हुने बताए ।

तर, उपाध्यक्ष गौतमले २८ फाुगनमा ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय खारेज गर्नुपर्ने माग अघि सार्नेछन् र त्यो माग सम्बोधन नभएको अवस्थामा गौतमले बैठक बहिष्कार गर्ने उनका सचिवालयले जनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्