Logo

एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं, चैत ७ । नेकपा (एमाले) ले आज केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाएको छ । बैठकका लागि झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सबै सांसद तथा केन्द्रीय कमिटी सदस्यहरुलाई आमन्त्रण गरिएको बताइएको छ ।

प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार आजको संसदीय दलको बैठकमा संसदीय दलको संशोधित विधानको प्रस्ताव छलफलका लागि प्रस्तुत हुनेछ । प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले संशोधित विधानको प्रस्तावसमेत तयार गरेको छ ।

बैठकमा उक्त प्रस्ताव छलफलका लागि पेश छ ।आजको बैठकमा नेता बामदेव गौतमसहित थुप्रै सांसद र नेताहरुको सहभागिता रहने जनाईएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा नेता गौतमले केन्द्रीय कमिटी बैठकमा सहभागी हुने बताएका थिए।

अहिले विहान १०ः३० बजेका लागि बालुवाटारमा संसदीय दलको बैठक आव्हान गरिएको छ । सो लगत्तै १२ बजेका लागि केन्द्रीय कमिटी बैठक बस्ने तय भएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्