काठमाडौं, चैत ७ । नेपाल विद्युत् प्राधिकरणले आज राजधानीका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ।
सडक विस्तारलगायतका कारणले आज बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जनाएको छ।
यस्तै, बत्तिसपुतली क्षेत्रमापनि बिजुली कटौती हुनेछ। बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको भनाइ छ।
पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले लाइन काटिने प्राधिरकणले जनाएको छ ।
सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिरकणले जनाएको छ।




प्रतिक्रिया