Logo

संसदीय दलको बैठक सिंहदरबारमा बोलाउन खनाल-नेपाल पक्षको प्रस्ताव, बालुवाटारमा नजाने



काठमाडौं, ७ चैत्र । नेकपा (एमाले) को संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्दैछ । दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाईएको छ । दुवै बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका नेता तथा सांसदहरु सहभागी नहुने भएका छन् ।

स्रोतका अनुसार नेपाल पक्षले संसदीय दलको बैठक सिंहदरबारमा राखिए सहभागिता जनाउन सकिने प्रस्ताव बालुवाटार पठाएको छ । तर, बालुवाटारले भने नेपाल पक्षको प्रस्तावलाई वास्ता गरेको छैन् । संसदीय दल र केन्द्रीय कमिटी दुवै बैठक बालुवाटारमा बस्दैछ ।

एमाले माथिबाट तलसम्म चिरा पर्दै 

बामदेव केन्द्रीय कमिटी बैठकमा एकताको सुत्र लिएर जाँदै, बेवास्ता गरे कठोर कदम चाल्ने 

संसदीय दल र केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल पक्ष नजाने

केन्द्रीय कमिटीको बैठकमा त सहभागी नहुने भनेर नेपाल पक्षले यसअघि नै निर्णय गरिसकेको छ । गत फागुन २८ गतेको निर्णय फिर्ता नलिएसम्म कुनैपनि हालतमा केन्द्रीय कमिटीको बैठकमा सहभागी जनाउन नसकिने नेपाल पक्षधर नेता योगेश भट्टराईले जनाईसकेका छन् । बरु, नेपाल पक्षले पछिल्लो समय पार्टीमा समानन्तर गतिविधि सञ्चालन गर्ने निधो गर्दै सोहीअनुसार अघि बढेको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्