Logo

हामी कारबाही सहन तयार छौं, प्रचण्डसँग कुनै साँठगाँठ छैन् : युवराज ज्ञवाली (भिडिओसहित)



काठमाडौं, ७ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफूहरु अध्यक्ष केपी शर्मा ओलीले गर्ने जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन् । तर, आफूहरु पदको लागि संघर्षरत नरहेको पनि उनले जिकिर गरे । उनले आफूहरु अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग कुनै साँठगाँठ नभएको पनि जिकिर गरे ।

यदि भोलि सहकार्य गर्नुपर्ने भयो भने आफूहरु हाक्काहाक्की भन्ने पनि ज्ञवालीको भनाई छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको दुरुपयोग गरेको र ऐतिहासिक अवसर खेर फालेको गम्भीर आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्