Logo

कृष्णभक्त पोखरेल ओली समूहमा प्रवेश, ‘गल्ती भए माफी पाउँ, म अब मूलधारमा लागें’



काठमाडौं, ७ चैत्र । नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । आजको बैठकले विधान संशोधन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आजको बैठक बहिष्कार गरेको माधव नेपाल समूहका सांसद कृष्णभक्त पोखरेल सहभागी भएका छन् ।

रोचक त के भने सांसद पोखरेलले सम्बोधन गर्दै आफूबाट गल्ती भएको महशुस गर्दै आजबाट मूलधारमा लागेको घोषणा गरे । उनले भनेका थिए,‘फागुन २३ को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा म थिएँ, हाम्रो गौरवशाली पार्टी एमाले, जबज र सूर्य चिन्ह पाएपछि म केपी ओलीको अभियानलाई सघाउन पूरानो समूह त्यागेर आएको छु । हिजोका दिनमा गल्ती भएको भए माफी पाउँ, आजबाट म मूलधारमा लागोके छु ।’

त्यस्तै, उनले माधव नेपाल समूहले अब छुट्टै बैठक राख्न नहुने पनि धारणा राखेका थिए । उनले सम्बोधन गर्दै भनेका थिए,‘अब दलको बैठक बेग्लै बस्नुपर्ने अवस्था छैन्, त्यो कुरा सकियो । म अब मूलधारमा लागेँ, यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ । मेरो गुरु सुवास नेम्वाङलाई मैले भने संसद विघटनमा मेरो असहमति थियो । अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु ।’ Photo Source: PM Oli’s Secretariat



प्रतिक्रिया दिनुहोस्