Logo

सिंहदरबारमा माधव नेपाल पक्षधर सांसदहरुको भेला, दलको बैठकमा भाग लिनको लागि शर्तसहित पत्र तयार



काठमाडौं, ७ चैत्र । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षधर सांसदहरुको बैठक बसेको छ । सिंहदरबारमा अनौपचारिक रुपमा बसेको बैठकले पार्टीको संसदीय दलको बैठकमा भाग लिनका लागि शर्तसहितको पत्र तयार पारेको नेता भीम रावलले जनाएका छन् ।

नेपाल पक्षले आफूहरु दलको बैठकमा सहभागी हुने तर त्यसका लागि विधान संशोधन लगायतका विषयमा सहमति होस भन्ने चाहेको निश्कर्ष निकालेको छ । माधव नेपाल पक्षधर सांसदहरुको भेलाले निकालेको निश्कर्ष अनुसार दलको बैठकमा भाग किन नलिने भन्ने पत्र लिएर सांसदहरु यज्ञराज सुनुवार,जीवनराम श्रेष्ठ र सोमप्रसाद पाण्डे बालुवाटार गएका छन् । Photo Source: Mukunda Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्