स्पष्टीकरण सोध्ने भनिएपछि भीम रावलको प्रतिक्रिया : त्यस्तो निर्णयलाई म पूर्णतः अस्वीकार गर्दछु


काठमाडौं, ७ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद डा. भीम बहादुर रावलले केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने भनेर गरेको निर्णय आफूले नमान्ने स्पष्ट पारेका छन् । उनले पार्टीको उक्त निर्णयलाई आफूले पूर्णतः अस्वीकार गर्ने स्पष्ट पारेका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव घनश्याम भुषाल, नेता सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

आज राति सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । उनले यस्तो लेखेका छन्-