Logo

तस्करी बढ्दै गएपछि सिमानामा सुरक्षा चुनौती



सुनसरी, चैत ८ । भारतीय नाकाबाट तस्करी बढ्दै गएपछि सुनसरीको सीमाक्षेत्रमा सुरक्षा चुनौती थपिएको छ । नेपाल सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने गरेको छ । प्रहरी एकाइले जति कडाइ र सतर्कता अपनाए पनि तस्करी नरोकिएपछि पछिल्लो समय सीमा नाकामा सुरक्षा चिन्ता बढेको हो ।

एक साताअघि सुनसरीको भन्टाबारी नाकाबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले त्यसकै भोलिपल्ट अर्को सीमा क्षेत्रबाट हतियारसहित एकजनालाई पक्राउ गरेको थियो ।

सुनसरीसँग सीमा जोडिएका हरिनगरा र भन्टाबारीबाटै प्रहरीले अवैध ब्रोइलर कुखुरा, अण्डा र लत्ताकपडा पनि बरामद गरेको छ । प्रहरीले जाँचकै क्रममा आइतवार पनि भन्टाबारी नाकाबाटै अवैध रूपमा सुनसरीमा ल्याइँदै गरेको अवस्थामा विभिन्न जातका १०० किलो माछा बरामद गरी नष्ट गरेको छ ।

यसरी भारतीय नाकाबाट दैनिकजसो तस्करी बढ्न थालेपछि पछिल्लो समय नेपाल प्रहरीले थप सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ । प्रहरीको आधाभन्दा बढी जनशक्ति सीमा नाकामा परिचालन गरिए पनि तस्करीका सामग्री, लागूऔषध लगायत बरामद हुने क्रम रोकिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्